फर्की फर्की कपी गरेको पाईए, मेरो अर्को फिल्म नहेर्नुः अनमोल केसी

काठमाडौं ।अभिनेता अनमोल केसीले प्रदर्शाेन्मुख फिल्म फर्की फर्की हलिउड फिल्मबाट कपी गरिएको कुरालाई खण्डन गरेका छन् । ‘टाइम लुप जनरा’मा हलिउडमा थुप्रै फिल्महरु बनेको भएपनि फर्की फर्की कहिँकतैबाट कपी गरेको ‘कन्टेन्ट’ नभएको उनको दाबी छ ।

‘म दर्शकहरुलाई यतिसम्म विश्वस्त गराउन चाहन्छु कि फर्की फर्की फिल्म कतैबाट कपी गरेर बनाईएको रैछ भने मेरो आगामी फिल्महरु नै हजुरहरुले नहेर्नुहोला ।’ अनमोलले भने, ‘फिल्मले परिवार, साथीभाई र प्रेमी प्रमिकाबीचको विविध आयामहरुलाई प्रस्तुत गरेको छ । तर जनराको हिसाबले दर्शकहरुले यो फिल्ममा गज्जबको अनुभूति गर्नुहुनेछ ।’ फिल्मको प्रचार सामाग्रीले पाएको हाइपबाट अनमोलसँगै पुरै निर्माण यूनिट दर्शकको साथ पाउनेमा ढुक्क छन् ।

वर्ष २०८० अनमोलको लागि राम्रो रहेन । वर्ष २०८० मा उनी एउटा फिल्मकै कारण प्रहरी कष्टडीमा समेत पुग्न परेको थियो । त्यस्तै उनको ९ औं फिल्म छड्के २ पनि उनको जीवनकालकै सबैभन्दा ठुलो फ्लप रह्यो । त्यसकारण पनि अनमोल फर्की फर्कीलाई लिएर प्रेसरमा देखिन्छन् । ‘मैले मेरा गल्तीहरुबाटै सिक्ने हो ।

 

असफलताले मलाई अझै बढि राम्रो काम गर्न जिम्मेवार बनाएको छ । र, म यो फिल्मबाट मेरा भगवानरुपी दर्शकहरुलाई सन्तुष्ट बनाउने नै छु ।’ उनले भने, ‘यो फिल्ममा सबै हिसाबले खारिएको र सुधारिएको अनमोल केसीलाई दर्शकहरुले पाउनुहुनेछ ।’

अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु ।

 

यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन् ।

अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । र, सार्वजनिक पोस्टर लगाएतका प्रचार सामाग्रीहरुमा अनमोल जसिताको जोडीलाई दर्शकले रुचाएका छन् । अझै कतिपय उनका फ्यानहरुले सामाजिक संजालमा यो जोडीलाई लिएर ह्यासट्याग जसमोल क्याम्पेन शुरु समेत गरेका छन् ।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...