हिलसाइड माविमा हाजिरीजवाफ प्रतियोगिता

पोखरा ।दिमागको सशक्तीकरण, प्रेरणादायी भविष्यू भन्ने मूल नाराका साथ बौद्धिक तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा एक समारोहबिच कक्षागत तथा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।


कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा कक्षाबाट छनोट भएका विद्यार्थीहरूले अन्तिम चरणका लागि जुनियर र सिनियर गरी तहगत अन्तर सदनात्मक रूपमा प्रतिस्पर्धा गरेका थिए।

 

कक्षा ३ देखि ६ सम्मका विद्यार्थी सहभागी भएको जुनियरतर्फ रातो सदनबाट छानिएको नयन तिमिल्सिना, एल्भिन सुवेदी, सिमन्त रिजाल र दिक्षान्त भण्डारीको समूह विजेता बनेको थियो भने हरियो सदनबाट सहभागी भएको आयुष क्षेत्री, अनुज अधिकारी, ओसियन क्षेत्री र दिपिन नेपालीको समूह उपविजेता बनेको थियो। त्यसै गरी सिनियरतर्फ हरियो सदनबाट सहभागी महादेव पराजुली, प्रियङ्का भण्डारी, रिस्ता आचार्य र युवराज भण्डारीको समूह विजेता बनेको थियो भने निलो सदनबाट छानिएको रिजन अधिकारी, प्रिया थापा, वृन्दा शर्मा र सार्थक सुवेदीको समूह उपविजेता बनेको थियो।

 

विविध चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक सन्तोष लामिछाने, मीनप्रसाद सुवेदी, रामचन्द्र अधिकारी र शिव पराजुलीले क्विज मास्टरको भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...