सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

पोखरा । सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो । कोशेलीघरमा स्थानियस्तर मा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिनुभएको छ ।

कोशेलीघर सञ्चालनका लागि अहिले उत्पादनका नमुना संकलन कार्य हुँदैछ । शुक्रबार असार १४ गते सारथी केन्द्रको कार्यलय नदिपुरमा विहान ११ बजेदेखि दिंउसो १ बजे सम्म उत्पादनको नमुना संकलन गरिने छ ।

 

साना उद्यमीहरुलाई आफ्नो उत्पादन सहित बिटुबि कार्यक्रममा सहभागी हुन केन्द्रका अध्यक्ष उदासले अनुरोग गर्नुभएको छ ।संकलन भएको उत्पादनका नमुनाबाट उत्कृष्ट उत्पादनहरुको कोशेलीघर मार्फत बजारीकरण गरिने छ । कोशेलीघरले पोखरा घुम्न आएका पर्यटक तथा स्थानिय उत्पादन मनपराउनेका लागि उत्पादनहरु लक्षित गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...