परिवार नियोजन संघको ४३ औं वार्षिक शाखा सभा

पोखरा, असार । नेपाल परिवार नियोजन संघ कास्कीको ४३ औं वार्षिक शाखा सभा सम्पन्न भएको छ ।शाखा सभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले नेपाल परिवार नियोजन संघ कास्कीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले संघलाई वडाको तर्फबाट सक्दो सहयोग रहने र स्थायित्वका लागि पहल शुरु गरिसकेको बताउनुभयो ।


नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले संघ समाजमा स्थापित संस्था भएको बताउनुभयो ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले कार्यक्रम संचालनका लागि स्थानीय सरकारसँग सहकार्य र समन्वयको प्रयास गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा संघका संस्थापक सचिव डा। सोमत सिंह तुलाचन, निवर्तमान सभापति निरञ्जन प्रसाद श्रेष्ठ, साधारण सदस्यहरुको तर्फबाट दुर्गा प्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।

 

साधारण सभाले सन् २०२३ को आर्थिक तथा कार्यक्रम प्रतिवेदन पारित गरेको छ । कोषाध्यक्ष विष्णु प्रसाद दाहालले आर्थिक र बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सविना तिमिल्सिनाले स्वागत र सदस्य सपना थापा क्षेत्रीकले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

साधारण सभाले शाखाको रिक्त युवा सदस्य पदमा नवराज बराललाई चयन गरेको छ । त्यस्तै चक्रिय निर्वाचन प्रणाली अन्तर्गत महिला सदस्यमा सविना तिमिल्सिना विशेषज्ञ सदस्यमा विरेन्द्र बास्तोला, विजय पौडेल, रजनी थकालीलाई चयन गरेको छ । निर्वाचित सदस्यहरुलाई निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...