राजदुत क्षेत्रीले गरे तेक्वान्दो टोलीको बिदाई

पाेखरा, साउन ८ गते ।मित्र राष्ट्र दक्षिण कोरियामा आयोजना हुने विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन जाने नेपाली खेलाडीहरुलाई युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्रीले बिदाइ गरेका छन ।


आबुधाबी स्थित नेपाली राजदुतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदुत क्षेत्रीले सोमबार ७ गते युएईबाट प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई बिदाइ गरेका हुन ।

 

खेलाडीहरु लगाएत युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुतले सफलताको शुभकामना दिएका छन । उनले बिदाईका क्रममा खेलाडिहरुको हौसला बढाउदै “रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर विदेश आएर पनि आफ्नो कामको अलावा खेलकुदलाई समेत निरन्तरता दिएको देख्दा खुशी लाग्नुका साथै बिभिन्न देशहरुमा आफ्नो सहभागिता जनाउदै खेलको माध्यम बाट नेपालको नाम  विश्व सामु चिनाउन मद्दत गर्ने कुरामा बिश्वस्त छौ ।’’

 

कोरियाको मुंग्योङ सिटिमा जुलाई २६ देखी ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङको लागी नेपाली खेलाडिहरुले गरेको तयारीको बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदुतलाई जानकारी गराएका थिए । प्रशिक्षक नाम्होले नेपाली खेलाडिहरु एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाएमा उनिहरुलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका थिए ।

 

युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेको नेपाली टोली आज मंगलबार त्यस तर्फ प्रस्थान गर्नेछन् । नेपाली टिममा खेलाडिहरु सबिन पाण्डे, हरी कृष्ण विष्ट र शान्ति भण्डारीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक अधिकारीले जानकारी गराए ।

 

 

त्यसका लागी कोरियन प्रशिक्षक नाम्हो क्वान भने कोरिया गईसकेका छन ।
बिगत लामो समय देखी युएईमा रहेर तेक्वान्दो खेललाई निरन्तरता दिदै आएका खेलाडी सबिन पाण्डे आफ्नै ब्यबसाय गर्छन भने अर्का खेलाडी हरी कृष्ण विष्ट आबुधाबी स्थित एक प्यालेसमा काम गर्छन् । त्यस्तै बिगबस टुर्समा कार्यरत अर्की खेलाडी शान्ति भण्डारीले मध्य पुर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबल–डेकर बस चालकको रुपमा आफ्नो परिचय स्थापित गरेकी छिन ।

 

रोड टु टोटनह्यामः नेपाल दोश्रो टोली बेङ्गलोर प्रस्थान
श्री भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तरगत च्यासल मैदान र एन्फा फुटबल मैदानमा भएको छनोटमा सफल फुटबल खेलाडीहरुको दोश्रो टोली आज मंगलबार बेङ्गलोर प्रस्थान गरेको छ ।

 

श्री भगवती क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ तथा ब्यवस्थापक राजु विक्रम थापाको नेतृत्वमा ४६ सदस्यीय टोलीेले बेङ्गलोरको किक स्टार्ट फुटबल क्लब (एफसी) मा छनौट परिक्षण दिने छन् ।

 

परिक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरुले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरुले टोटनह्याममा सहभागीता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।
बेङ्गलोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलता परिक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन् ।

 

त्यस पश्चात खेलाडीहरु नेपाल फर्कने र परिक्षणमा छनौट हुन सफल खेलाडीहरुले आवश्यक प्रकृया पुरा गरे पश्चात पुन एकेडेमीमा प्रशिक्षण लिने जाने छन् । प्रशिक्षण बाट उत्कृष्ट हुने खेलाडीहरुले टोटनह्यामको टिक काट्ने संयोजक जोशीले बताए ।
यस अघि छनोट चरणमा सहभागी ३६ खेलाडीहरु मध्ये ५ खेलाडीहरुले पूर्ण छात्रबृत्ती प्राप्त गरेका छन् भने अन्य खेलाडीहरुले ९० प्रतिशत देखि १० प्रतिशत सम्मको छात्रबृत्ति प्राप्त गरेका छन् ।

 

टोखास्थित श्री भगवती क्लबको आयोजनामा भएको रोड टु टोटनह्यम कार्यक्रममा देशभरिका करिव ३ हजार खेलाडीहरुको सहभागिता रहेको थियो ।

 

किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरुको टोलीले दुई दिन सम्म संचालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरुलाई पुन दोश्रो चरणको लागि बेङ्गलोरमा छनोट गर्न लागिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...