श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पोखरा ।एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीक कृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमी देखि भदौ १० गते भाद्र कृष्ण अष्टमी सम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो ।

श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल, इन्द्रपुरी टोल, जनप्रियमार्ग हुँदै पुन श्रीकृष्ण प्रणमी मन्दिरमा पुगी सम्पन्न भएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

 

अध्यक्ष ढकालका अनुसार आगामी श्रावण कृष्ण पञ्चमी देखी भदौ १० गते भाद्र कृष्ण अष्टमीको दिन सम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा मार्फत पोखराको विभिन्न ठाउहरुको परिक्रमा गरिएको हो । उक्त प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज ज्यूको मुखारविन्दबाट संगीतमय कथा प्रवचन हुने छ ।

 

यसैविच उक्त कार्यक्रमको (भोली) श्रावण १० गते गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बिहान १० बजे उद्घाटन गन कार्यक्रम रहेको श्रीकृष्ण प्रणामी सेवा समिति श्रीकृष्ण मन्दिर पोखरा ८ का निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

 

कलश यात्राको कार्यक्रम संयोजन बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुलीले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण बरालले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...