कास्की आदर्श समाजमा नयाँ नेतृत्व

लेखनाथ, साउन । रोजगारीको सिलसिलामा बिभिन्न देशमा पुगेर फर्किएका नेपालीहरुको साझा सस्था कास्की आदर्श समाज नेपालको शनिवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आफनो जन्मभुमीको मायालाई जिवन्त दिदै विदेशमा रहेका नेपाली दाजुभाईहरुलाई स्वदेश प्रति उत्तरदायी वनाउदै आपत र विपतमा परेकालाई सहयोग गर्नु पर्छ भन्ने महान उदेश्य लिएको सस्थाको प्रथम उपाध्यक्षमा पुजा गिरी,द्धितिय उपाध्यक्षमा शिवराज अधिकारी,महासचिवमा हरि बहादुर ढकाल,कोषाध्यक्षमा शिव गिरी,सचिवमा विकासराज ढकाल र सदस्यहरुमा पशुराम अधिकारी र सुकदेव सुनार(सुर्य) रहेका छन् ।

 

कास्कीको लेखनाथमा भएको कार्यक्रमको उद्घाटन गर्दै अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख सल्लाहकार सदस्य विल वहादुर गुरुङले विदेशमा रहेका नेपाली दाजुभाईले रोजगारीका सिलसिलामा खर्च कटाएर जम्मा गरेको पैसालाई नेपाली मातृभुमीमा आपत विपतमा परेकाका लागि सहयोग गर्नु नै सस्थाको मुख्य नियम रहेको बताएका थिए ।

 

सस्थाका अध्यक्ष विश्ववन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव हरि वहादुर ढकालले सस्थाले गरेका काम र आगामी दिनमा गर्नुृ पर्ने कामका वारेमा चर्चा गर्दै सवैको सहकार्यमा सहयोगी हातहरुलाई अगाडी वढाउनु पर्ने सुझाव दिएका थिए ।

 

सोही अवसरमा कास्की आदर्श समाज कतारका सस्थापक संयोजक वलराम सापकोटा,महिला संयोजक पुष्पा गिरी,कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका उप महासचिव मन प्रसाद राना मगर लगाएले सस्थाका गतिविधीहरुलाई ग्रामिण तहसम्म पु¥याउनु पर्ने सु्झाव राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...