शुक्ला साहित्यले श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्ने

पोखरा, साउन ।पोखराको शुक्ला साहित्य प्रतिष्ठानले यस वर्ष पनि राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिता गर्ने भएको छ ।श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए ।विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउन तयारी शुरु गरेको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न अध्यक्ष वरुवालको संयोजकत्वमा मुल आयोजक समिति, सल्लाहकार समिति र विभिन्न ११ वटा उपसमिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले पुर्व अध्यक्ष कुल वहादुर खत्रीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, कमला शर्मा वास्तोलाको संयोजकत्वमा खरिद छपाई उपसमिति, हरिवहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सचिव दिपेन्द्र वाँनियाको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा कार्यक्रम संचालन उपसमिति, सल्लाहकार सुवाष अधिकारीको संयोजकत्वमा अनुगमन, मोहन कुमार सुनारको संयोजकत्वमा स्वयंसेवक परिचालन, गीता भट्टराई भण्डारीको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, राम प्रसाद पौडेल घर्मेलीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, दुर्गा केसी थापाको संयोजकत्वमा प्राथामिक उपचार, वरिष्ठ उपाध्यक्ष दुर्गा वस्नेतको संयोजकत्वमा महिला परिचालन, र हर्क वहादुर गायकको संयोजकत्वमा सरसफाई उपसमिति गठन गरिएको जनाईएको छ ।

नेपाली कला, संस्कृति र साहित्यको उत्थानकै निम्ती २०५७ सालवाटै प्रतियोगिता संचालन गरिएको सचिव वाँनियाले वताए । प्रतियोगिता संचालनका लागि करिव १६ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था एवं दाताहरुवाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक कुलवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विभिन्न संघ, संस्थालाई भेटघाट गर्ने प्रपोजल दिने कार्य भईरहेको छ । प्रतियोगितामा प्रथम हुने टोलिलाई नगद रु १ लाख प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ५० हजार प्रमाणपत्र, सान्त्वना हुने टोलिलाई नगद २५ हजार प्रमाणपत्र र सहभागी टोलिलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक राम प्रसाद पौडेल घर्मेलीले जानकारी दिए । प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सीनाले नगद ५० हजार प्रदान गरी तेसा्रे पुरस्कार प्रायोजन गरेका छन ।

प्रतियोगिताको आन्तरिक तथा वाह्य तयारी शुरु गरिएको र रजत कार्यक्रमलाई अघिल्ला वर्षको भन्दा थप विशेष वनाईने उनले वताए ।प्रतिष्ठानले गतवर्ष गरेको चोविसौं संस्करणको प्रतियोगितामा रामपुर पाल्पाको श्री धर्मोदय दशाावतार वालन सांस्कृतिक समुह प्रथम हुदै नगद १ लाख प्राप्त गरेको थियो ।यस वर्षको प्रतियोगितामा पनि देशभरवाट उत्कृष्ट भजन टोलिले सहभागिता जनाउने अपेक्षा प्रतिष्ठानले गरेको छ । जनकवि केशरी स्व. धर्मराज थापा, कवि स्व.कुल वहादुर केसीको परिकल्पनामा वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्ला साहित्य राष्ट्रिय पुरस्कार स्थापना, लोककवि चेतवहादुर वरुवाल स्मृति अक्षयकोष, मदनचन्द्रा स्मृति साहित्य एवं समाजसेवा अक्षयकोष र वाल साहित्य पुरस्कारसमेत स्थापना गरी वितरण गर्दै आईरहेको र वेलावेलामा कवि गोष्ठी, साहित्य वाचन श्रृंखला समेत संचालन गरेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...