पोउवा संघका मानार्थ सदस्य जर्मन नागरिक कुबेराको निधनमा श्रद्धाञ्जली सभा  

पोखरा, साउन । पोखरा उद्योग वाणिज्य संघले आफ्ना मानार्थ सदस्य जर्मन नागरिक राइनर कुबेराको निधनप्रति दुःख व्यक्त गरेको छ ।कुबेराको गएको असार २८ गते ८१ वर्षको उमेरमा  जर्मनमै निधन भएको थियो ।कुबेरा पोखरा उद्योग वाणिज्य संघको साझेदार संस्था जर्मनीको माइञ्ज सहरमा रहेको हस्तकला उद्योग संघ ह्याण्डवर्कस्क्यामर राहिनहेसन ( एचडब्लुके माइञ्ज) को परियोजना प्रमुखको रुपमा लामो समय काम गरेका थिए ।


पोखरा उद्योग वाणिज्य संघले २०५१ सालमा पहिलोपटक एचडब्लुके माइञ्ज जर्मनीसँग सहकार्य सुरु गरेको थियो । ४ वर्षको लागि भनिएको सो साझेदारी करिब १६ वर्षसम्म निरन्तर कायम रहेको थियो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय व्यवस्थापनदेखि विभिन्न व्यावसासायिक तालिम,अध्ययन अवलोकन भ्रमणको लागि ठूलो सहयोग प्राप्त भएको थियो । संघसँगको लामो सहकार्यमा एचडब्लुके माइञ्जबाट ६ लाख ७२ हजार २३७ युरो सहयोग प्राप्त भएको तथा १ हजार १०४ वटा कार्यक्रम भएको थियो । संघका पूर्वअध्यक्ष तथा सल्लाहकार अशोक पालिखेका अनुसार त्यो सहकार्यलाई परिणाममुखी बनाउन कुबेराको विशेष सहयोग रहेको थियो । नेपालको निजी क्षेत्रबाट पहिलोपटक कुनै विदेशी संस्थासँग भएको त्यो नै पहिलो सहकार्य भएको बताउँदै पालिखेले भने,‘ त्यो कालखण्डमा करिब २ हजार व्यवसायीहरुलाई विभिन्न तालिम र गोष्ठीको क्रममा जर्मनसमेत पठाइएको थियो ।’

 

एचडब्लु के माइञ्जले पोखरामात्र नभएर लमजुङ, म्याग्दी, तनहुँ, बागलुङ,गोर्खा,नेपालगञ्जको सचिवालय सुदृढीकरणमा पनि सघाएको तथा  स्याङ्जा र वालिङसँग पनि सहकार्य भएको उनले स्मरण गरे । परियोजना प्रमुखको रुपमा कुबेरा ४८ पटक नेपाल आएको र ३ जना नेपाली बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको पालिखेले जानकारी दिए ।कुबेरालाई संघलाई दिएको योगदानको कदर गर्दै २०६७ कार्तिक २९ गते तत्कालीन अध्यक्ष कृष्णमोहन श्रेष्ठको अध्यक्षतामा भएको संघको बैठकले राइनर कुवेरासहित एचडब्लुके माइञ्ज जर्मनीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो ।

 

श्रद्धाञ्जली सभामा बोल्दै पूर्वअध्यक्ष पालिखेले पोखरामा बेकरी,अटोमोवाइल्स।,उड कार्भिङजस्ता तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा माइञ्जले अतुलीयन योगदान दिएको पनि बताए । संघका अर्का पूर्वअध्यक्ष वसन्त उदासले परियोजना प्रमुखको रुपमा कुबेराले संघ तथा पोखराप्रति देखाएको प्रेमको मुक्तकष्ठले प्रशंसा गरे । श्रद्धाञ्जली सभा तथा संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघका मानार्थ सदस्य कुबेराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानलाई संघले नबिर्सने बताए ।

 

संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा संघका पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन,विश्वशंकर पालिखे, दामु अधिकारीसहित संघका पदाधिकारी, पूर्वपदाधिकारी, कार्यसमिति सदस्य तथा पूर्वसदस्यहरुको उ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...