तेक्वान्दो प्रशिक्षक एवं रेफ्रि अधिकारी कोरियामा सम्मानित

साउन ।विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ ।
बिगत लामो समय देखी जीविकोपार्जनका लागि युएईमा रहेका युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री एबम तेक्वान्दो प्रशिक्षक अधिकारीलाई नुवाकोट समाज दक्षिण कोरियाको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो ।

नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले अधिकारीलाइृ सम्मानपत्रद्वारा सम्मान गरेका थिए । त्यसैगरी, नुवाकोट समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार राम कुमार गौतम, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्यान्ताङ, जनप्रगतिशिल मंच दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष जिवन खतिवडा लगायतले दोसल्ला ओढाएका थिए ।

 

कार्यक्रममा बोल्दै नुवाकोट समाजका अध्यक्ष बुद्धि बहादुर तामाङले नुवाकोटमा जन्मनु भएका अधिकारीले तेक्वान्दो खेल मार्फत युएईमा रहेर नुवाकोट जिल्ला र नेपाल लाईनै अन्तर्राष्ट्रिय म ञ्चमा चिनाउदै नेपाली लगाएत बिभिन्न देशका खेलाडी हरुलाई तेक्वान्दो प्रशिक्षण गराउनुका साथै युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री समेत बन्न सफल अधिकारीलाई सम्मान गर्न पाउनु जिल्लाबासीको लागी गर्वको कुरा रहेको बताए ।

 

त्यस्तै नुवाकोट समाजका पुर्व अध्यक्ष तथा एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले अधिकारीको लगनशिलताले आज विदेशि भुमिमा सिंगो नेपाललाई प्रतिनिधित्व गर्दै नेपालको गौरव र प्रतिष्ठालाई अन्तराष्ट्रिय जगतमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गरेकोमा धन्यबाद ब्यक्त गरे ।

 

नुवाकोट समाजका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार राम कुमार गौतमले यस अघिपनि आफ्नो जिल्ला बाट माथी उठेर बिभिन्न पेसा गर्दै अगाडी बढेका ब्यक्तिहरुको सम्मान गरेको स्मरण गर्दै भने अधिकारीले बिभिन्न देशका खेलाडी तथा अफिसियल हरुलाई खेलकुदको माध्यमबाट नेपाललाई चिनाउदै आउनु भएको कुराले हामि सबै गौरवान्वित भएका छौं । तपाईले त्यसको अलवा विभिन्न संघसंस्थाहरु सँग सहकार्य गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउनु भएको प्रति हाम्रो उच्च सम्मान छ ।

 

विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन युएईमा रहेका नेपाली खेलाडीहरु अधिकारीकै  नेतृत्वमा दक्षिण कोरिया गएका थिए । ह्याण्ड नाइफ ब्रेकिङ बिधामा समेत सहभागिता जनाएका उनले फाइनल सम्मको यात्रा तय गरे पनि पदक बिहिन हुनु परेको थियो ।

 

गत फेबु्रअरीमा अमेरिकामा विश्व वरियता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अधिकारी बिगत एक दशक देखी युएईमा रहेर युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षकको रुपमा कार्य गर्दै आईरहेका छन । उनले नेपाली, अरबिक, कोरिएन, फिलिपिन्स लगाएतका खेलाडिहरुलाई प्रशिक्षण गराई रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...