हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुुने

पोखरा, साउन ।पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।


उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए ।

प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...