पञ्चासे वन कास्कीको जैविक बिबिधता अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा । पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम कास्की ईकाईको आयोजनामा जलवायु परिवर्तन अनुकूलन तथा जैविक बिबिधता संरक्षण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

भाद्र ११ र १२ गते पोखरा महानगरपालिका वडा नं. २३ को कार्यालयमा सम्पन्न कार्यक्रम पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम कास्की ईकाई अध्यक्ष शिव घलेको अध्यक्षतामा र पोखरा महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

युएसएड जल जंगल परियोजनाको सहयोग र आपसी सहयोग केन्द्र (आस्क नेपाल ) को प्राविधिक समन्वयमा आयोजना भएको कार्यक्रम पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम कास्की ईकाई अन्तर्गतका ४४ वटा सामूदायिक वनका पदाधिकारी प्रतिनिधि गरि ५६ जना सामूदायिक वन संरक्षणकर्ताहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका प्रमूख डिभिजनल वन अधिकृत कोमल राज काफ्ले, नि.प्रदेश वन निर्देशक घनेन्द्र अधिकारी, पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम प्रवन्धक तिलक बहादुर थापा, आस्क नेपालका कार्यक्रम संयोजक रेशम कार्की, पर्यावरण संरक्षण अभियन्ता नवराज पौडेल, सामूदायिक वन उपभोक्ता महासंघ गण्डकी अध्यक्ष कालिदास सुवेदी, आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्मा लगायतले जलवायु परिवर्तन, अनुकूलन र जैविक विविधता संरक्षण सम्वन्धमा विशेष प्रशिक्षण दिएका थिए । ५ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको र १०८ वटा सामूदायिक बनले ढाकिएको सुनाखरी एबं जैविक विविधता केन्द्र पञ्चासे क्षेत्रमा पर्यावरण संरक्षणमा लाग्न उपस्थित सहभागीले सामूहिक ऐक्यबद्धता समेत जनाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...