निजामति सेवा दिवसका अवसरमा सरसफाई

पोखरा, भदौ । निजामति सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आजै पोखराको सहिदचोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको छ ।कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामति कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै समाजिक उत्तरदायित्व समेत बहन गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाई प्रति समाजमा सचेतना अभिबृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलहरूमा सरसफाई गरिदै आइएको बताउँदै निजामति सेवा दिवसका अवसरमा सहिद चोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको जानकारी गराउनुुभयो । कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि सहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...