प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

पोखरा,  भदौ । विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई आज सम्मान गरेको छ ।

१११ औं विपी जयन्तीको अवसरमा पारी आयोजित एक समारोहका बीच नेपाली काँग्रेसका पूर्व महामन्त्री डा।शशांक कोइरालाले उहाँहरूलाई सम्मान गर्नुुभएको हो । उहाँहरूलाई जनही २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

 

सम्मानित हुनेमा दुुर्गादत्त पौडेल९नवलपुुर०, तीलबहादुुर गुुरुङ९गोरखा०, सानुुमाया गुुरुङ९लम्जुुङ०, बुुिद्धकुुमार बतास९तनहुँ०, राज घले९मनाङ०, भोजराज भण्डारी९कास्की०, वेदप्रकाश पनेरु९स्याङ्जा०, रुद्रलाल उपाध्याय९पर्वत०, गोविन्द कंडेल९बाग्लुुङ०, भैरवबहादुर हुमेल९म्याग्दी०, कृष्णप्रसाद बरुवाल९मुस्ताङ० रहनुुभएको छ ।

 

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री कोइरालाले विपीको चिन्तलाई आत्मसात गर्न सकेमा काँग्रेस कहिल्यै पनि कमजोर बन्न नपर्ने बताउनुुभयो ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली काँग्रेसले विपीमा आदर्शलाई झुल्न नहुनेमा जोड दिनुुभयो ।

 

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विपीले तत्कालीन समयमा अघि सार्नुुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण काँग्रेस कमजोर बनेको बताउनुुभयो । स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा काँग्रेस कसैसँग पनि झुक्नु पर्ने र सधैं जनताको विश्वास जितिरहने उहाँको भनाइ छ ।

 

कार्यक्रमका सभापति एवम् विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोल९मधु०ले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आइएको बताउनुभयो।

 

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा।रघुराज काफ्लेले विपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाली काँग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबुश्रेष्ठ एवम् सम्मानित व्यक्तिहरूले विपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

 

पुस्तकालयका सचिव सूर्य क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभयको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...