पाेखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की

पाेखरा, भदौ ३० गते । पाेखराकै जेठाे संस्था पाेखरा  उद्योग वाणिज्य संघकाे अध्यक्षमा गाेकर्न कार्की विजयी भएका छन् ।

कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे ।नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएकाे थियाे ।

 

कार्की एक्लै चुनावी मैदानमा हाेमिएका थिए भने उनका प्रतिस्पर्धी अर्जुन पाेखरेल प्यानल सहित मैदानमा उत्रेका थिए । निर्वाचनमा पदाधिकारी मध्य एक जना उपमहासचिव स्वतन्त्र उम्मेदवारी दिएका सुदिपले जिते भने अरु सबै पाेखरेल प्यानलका सर्वसम्मत भए ।

 

दस सदस्यका लागि १४ जनाकाे उम्मेदवारी परेकाेमा पाेखरेल प्यानलका ८ जना विजयी भएका छन ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...