पोखरा । म्याग्दीमा जन्मिएर हाल परिवारसँगै बेल्जियम बसिरहेकी गैरआबासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि महासचिव रुविना शर्माले बेल्जियममै जन्मिएका नेपाली सन्ततिलाई नि:शुल्क नेपाली भाषा पठनपाठन कार्य सुरुवात गरेकी छन्।
१३ वर्षको उमेरमा परिवारसँगै बेल्जियम पुगेकी नेपाली चेली रुविनाले नेपाली भाषा संरक्षणमा तथा नेपाली भाषा संस्कृति पुनरुत्थानका निम्ति एक मौलिक सामाजिक अभियान सुरुवात गरेकी हुन्। सानै उमेरदेखि सामाजिक कामको हुटहुटी बोकेकी रुविनाले नेपाल छाड्न परेतापनि नेपाली भाषा ,संस्कार र संस्कृतिको पुनरुत्थान र गैरआबासीय नेपाली सन्ततिसम्म भाषिक ज्ञान सुरक्षित राख्ने यो एक नवीनतम् अभियानको थालनी गरेकी हुन्। “भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए राष्ट्र हराउँछ “भनेझैं भाषा,संस्कार र संस्कृति हराएमा राज्यका महत्त्वपूर्ण आभूषण गुम्ने महसुश गरि भाषा, संस्कृति संरक्षण अभियान चलाएको युवा सामाजिक अभियन्ता रुविना शर्माको भनाईँ छ।
गैरआबासीय नेपाली संघ बेल्जियम महासचिव समेत रहेकी नेपाली चेली रुविनाले बेल्जियममा रहेका नेपाली अामाबाबुका ३० जना सन्ततिलाई विगत २ वर्षदेखि नि:शुल्क नेपाली भाषा पढाईरहेकी छन्। “आमा शिक्षित भएमा परिवार शिक्षित हुन्छ ” भनेझैं एकजना छोरी शिक्षित भएर नै यो मातृभूमि प्रतिको माया, संस्कार र संस्कृति संरक्षणको अभियान चलाएको र यस्ले विदेशमा बसोबास गरिरहेका सन्ततिहरुलाई नेपाली भााषाको दख्खल र जागरण फिजाउने नवीनतम् अबसरहरु प्रदान गर्ने सृजनशील काम भएको जानकारहरु बताउँछन्।