काठमाडौँ, २७ कात्तिक ।विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबिच मंगलमार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले २०६४ सालदेखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आबश्यक्ता अनुसार परिमार्जन सहित स्वीकृत गरिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोट सम्बधी मापदण्ड २०८१ माथि पृष्ठपोषण सङ्कलन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तरक्रिया समेत गरिएको शिक्षा मन्त्रालय स्रोतले उल्लेख गरेको छ।
अन्तरक्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरालाई संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भएका छन ।