राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते काठमाण्डौमा

पोखरा, पुस १६ गते ।राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आगामी १९ र २० पुसमा काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

 

स्थानीय तहहरूको अधिवेशन, भातृ संगठनहरूको क्रियाशिलताका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

 

साथै बैठकको सिलसिलामा राप्रपा नेपाल जिल्ला कार्यसमिति कास्कीले पुस १५ गते बैठक सम्पन्न गरेको छ । यस बैठकले यस जिल्लाबाट अध्यक्ष लगायत जिल्लाका पदाधिकारी, भातृ संगठनका पदाधिकारी लगायतलाई केन्द्रीय बैठकमा सहभागिताका लागि अनुरोध गरेको जिल्ला अध्यक्ष डा.दिपक सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...