लेखनाथ,पुस ।राष्ट्रिय युवा संघ पोखरा २७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले पहिलो रक्तदाता सुविन तिमिल्सिनालाई ब्लड व्याग हस्तान्तरण गरेर गरेका थिए ।
कार्यक्रममा बोल्दै सचिव लामाले राजनिति मात्र नभई युवाहरुले समाज परिवर्तन र सामाजिक उत्तरदायित्वको कार्यक्रममा जोड दिन आग्रह गरे ।
लामाले मानिसको शरिरमा रगत बन्ने नष्ट हुने क्रम जारी रहने उल्लेख गर्दै, दाताले दिएको रगत कसैको लागि जीवन वरदान हुने स्पष्ट पारे ।उनले राजनितिक चेत भएका युवाले नै सामाजिक भूमिकामा आफुलाई अब्बल बनाउने उल्लेख गर्दै, एमालेले युवा परिचालनका लागि बिशेष योजना ल्याउने बताए ।
युवा संघ पोखरा महानगर वडा नंं २७ का अध्यक्ष किरण लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रका प्राविधिकले रक्तदानको महत्वको बिषयमा स्पष्ट पारेका थिए । त्यसैगरी युवा संघ नेपालका स्थायी कमिटी सदस्य विकास अधिकारी, पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, नेकपा प्रदेश कमिटी सदस्य विष्णु पुन र दिपक तामाङ, नेकपा एमाले पोखरा २७ वडा कमिटीका अध्यक्ष टिकाराम भूर्तेल लगायतले युवाहरुको भूमिकाको बिषयमा बोलेका थिए । संघले बार्षिक कार्यक्रम अन्र्तगत दोश्रो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।