मगर संघ वुढीवजारले मनायो माघी पर्व

लेखनाथ,माघ २ गते । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिले विविध कार्यक्रमका साथ सामुहिक रुपमा माघी पर्व मनायोको छ ।मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात सगै पितृ,प्रकृतीक र सस्कृतीको पर्वको रुपमा मनाउने प्रचलनलाई निरन्तरता दिदै समितिले हर्सोल्लासका साथ यस वर्षको माघी पर्व मनाएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले हाम्रो सम्पती भनेकै यहाँ रहेका विभिन्न जात जातकी मौलीक सस्कृती भएकाले यसलाई जोगाई राख्नका लागि सामुहिक पहलको खाचो औल्याएका थिए । साथै उनले आफनो भाषा र संकृतीको रक्षाका लागि फुटेर होईन जुटेर अगाडी वढ्न आग्रह गर्दै वडाले यहाँ रहेका सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै अगाडी वढ्ने विश्वास दिलाएका थिए ।

 

सोही अवसरमा मगर संघ कास्की महिला समितिका अध्यक्ष नुनुमाया थापा मगरले वुवा आमाको पेन्सनमा बाच्ने प्रबृतीको अन्त्ये गरि हरेक युवालाई उत्पादनसँग जोडनका लागि एक ईकाइ एक उत्पादनको अवधारणाले अगाडी वढ्न सक्नु पर्नेमा जोड दिएकी थिईन ।

 

सोही अवसरमा इकाई समितिका सस्थापक अध्यक्ष यम वहादुर थापा मगरले समुदायको जातीय अस्तीत्वका लागि पनि हिजो, आज र भोलीको आवधारणालाई आत्मसाथ गर्दै भावी पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउनका लागि ब्यवसायिक,स्वरोजगार र शौक्षीक विकासको क्षेत्रबाट अगाडी वढाउन अनुरोध गरेका थिए ।

 

नेपाल मगर संघ बुढीवजार ईकाइ समितिका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थ वहादुर राजभाट, स्थानिय समाजसेवी ईश्वरी प्रसाद अधिकारी र निर्वतमान उपाध्यक्ष भीमकुमारी सारु लगाएतले आफनो भाषा र सस्कृतीको संरक्षणका लागि अरु कसैको मुख नताकी स्वयमले नै घर परिवारबाट यसको थालनी गर्न सक्नु पर्ने विचार राखेका थिए ।

 

मगर समुदायको मौलीक सस्कृतीको रुपमा रहेको कौडा नृत्य सहित विविध सास्कृतीक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमको संचालन सचिव दल वहादुर मगरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमारी थापा मगरले गरेकी थिईन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...