मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो

पोखरा, माघ ।मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा  नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।

 

प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले वुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए ।  प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पुर्णिमा थिंङ्ग तामाङले लिम्वु जातीले प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए ।

 

यसैगरि अर्का प्रतियोगी सुनिता तामाङले आफुले  उनीको धागोबाट तयार पारेका बिभिन्न हस्तकलाका सामाग्री प्रर्दशनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाउका थिए ।  शिशा लामाले आफै गिटा बजाउदै गित गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए ।

 

यसैगरि अर्का प्रतियोगी पुर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए ।

 

यस अघि कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीहरुलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारे जानकारी गराउँदै ब्यक्तित्व विकासका लागि यो कार्यक्रमलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने  बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताए । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो रहन पर्नेमा जोड दिए ।

 

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सन्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कन्चन थापा, एसके डान्स स्कुलका सन्चालक एवम सुपरमम् २०७१ एपविजेता माया लामा रहेका थिए ।

 

सोनाम ल्होसारको अवसरमा माघ १२ गते पोखरा सभागृहमा हुन लागेको प्रतियोगिहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको छ ।  तालिममा  पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, बैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...