पोखराको प्रदर्शनी केन्द्रमा जारी १२औं क्यान इन्फोटेक २०२५ को चौथो दिनमा पनि उल्लेखनीय उत्साह र सहभागिता रह्यो। राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसरमा आयोजना गरिएको यस प्रदर्शनीले प्रविधिप्रेमीहरूलाई नवीनतम प्राविधिक विकासहरूसँग परिचित गराउँदै अद्वितीय अनुभव प्रदान गरिरहेको छ।
चौथो दिनमा विद्यार्थी, व्यवसायी, र प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति देखिनुका साथै उनीहरूले सूचना तथा सञ्चार प्रविधिमा भएका नयाँ विकासबारे जानकारी लिँदै विभिन्न स्टलहरूमा राखिएका उत्पादन र सेवाहरूको अवलोकन गरेका छन।
चौथो दिनको मुख्य आकर्षण Asus Vivobook S15 Laptop रह्यो, जसलाई पाेखरामा पहिलो पटक Zenex Automation ले क्यान इन्फोटेक मार्फत सार्वजनिक गरेको थियाे। शक्तिशाली प्रोसेसर, स्लिम डिजाइन, र प्रभावकारी प्रदर्शनले यसले व्यवसायिक उपयोगिता र सौन्दर्यलाई एकसाथ जोडेको छ। Zenex Automation का सञ्चालक तथा IT मेलाका संयोजक नवीन पौडेलका अनुसार, “Vivobook S15 ले दर्शकहरूलाइ अत्याधुनिक प्रविधि र कार्यक्षमताको उत्कृष्ट नमुना प्रदान गरेको छ, जसले धेरैको ध्यान खिच्न सफल भएको छ।” साथै, उहाँले मेलामा Zenex Automation बाट Panasonic का सामानहरू खरिद गर्दा १८ देखि ३६ प्रतिशतसम्मको विशेष छुट उपलब्ध रहेको जानकारी गराउनुभयो। यो अफरले दर्शकहरूलाइ नयाँ प्राविधिक उत्पादनहरूको खरिदमा उत्कृष्ट अवसर प्रदान गरिरहेको र नयाँ प्रविधि र प्रतिस्पर्धात्मक मूल्यले Zenex Automation लाई मेलाकै मुख्य आकर्षण बनाएको समेत बताउनुभयाे।
प्रदर्शनीमा सहभागी स्टलहरूले आफ्ना उत्पादनहरूको प्राविधिक प्रदर्शन गरिरहेका छन । UNV by Eagle Tech Nepal ले डिजिटल सुरक्षा समाधानहरू, जस्तै सीसीटीभी, IP क्यामेरा, स्मार्ट बोर्ड, र थर्मल क्यामेराजस्ता उपकरणहरूको प्रदर्शन गरिरहेको छ।
आगन्तुकहरूले विभिन्न स्टलहरूमा गएर भविष्यमा उपयोगी हुन सक्ने समाधानबारे जानकारी र परामर्श लिए। व्यवसायीहरूले आफ्ना स्टार्टअप र उद्योगका लागि उपयुक्त उपकरण तथा प्रविधिको खोजी गरेका छन्। यसले उनीहरूको व्यवसाय विस्तार र योजनामा नयाँ सम्भावनाहरू थप्न सहयोग पुर्याएको छ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले चौथो दिनको सफलताबारे प्रतिक्रिया दिँदै भने, “प्रदर्शनीले प्रविधिमा रुचि राख्ने सबैलाई नवीनतम समाधानहरूको अनुभव गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यो प्रदर्शनी व्यवसायी र युवा पुस्ताका लागि भविष्य निर्माणको एउटा प्रेरणादायी थलो बनेको छ।”