साइमनबाट चाेरेेकाे पैसा सहित दुई जना पक्राउ

पाेखरा,माघ १४ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले चाेरीकाे आराेपमा दुई जनालाई पक्राउ गरेकाे छ ।


माघ ११ गते पोखरा महानगरपालिका वडा नं ८ सिर्जनाचोकमा रहेको साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको ऱ्याकमा राखेको नगद  चौध लाख चौह्तर हजार चोरी भएको थियोे ।

 

चाेरी भएकाे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न जिल्ला रुपन्देही देवदह नगरपालीका वडा नं १० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा  भिरकोट नगरपालिका वडा नं ३ घर भएकी बर्ष २९ कि पुजा श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा पक्राउ गरेकाे जनाएको छ।

 

रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ११ कालिका नगरको होटलबाट नगद बाह्र लाख बाउन्न हजार पाच सय असी र मोबाईल थान ३ सहित पक्राउ गरी कास्की  जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा  ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...