पोखरा । नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशन कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भयो ।
समितिको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा सिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा निशा ताम्राकार, सदस्यहरुमा लक्ष्मी मुल्मी, शुशिला कर्माचार्य, इश्वरी श्रेष्ठ, पुनम गुरुङ श्रेष्ठ, जुना श्रेष्ठ ताम्राकार, बिष्णु माया रन्जित, शुशिला प्रधान, श्यामा श्रेष्ठ, पुजा बाटाजु र सुनी प्रधान सर्वसम्मत चयन भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रम उद्घाटन गर्दै आफू आसन र भाषण भन्दा पनि काम गर्न रुचाउने भएकोले आफुले के सहयोग गर्नुपर्छ आफू सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय नेपाली कला र संस्कृतिमा पहिलो भएकोले नेवारले आफ्नो संस्कार संस्कृति नै जोगाउन अनुरोध गरेका थिए ।
पोखरा ९ का वडा सचिव कुलराज पौडेल, नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, सल्लाहकार शम्भुलाल श्रेष्ठ, जेष्ठ नागरिक सम्मानित ब्यक्तित्व बेद कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष निरा श्रेष्ठ लगाएतले बोलेका थिए ।सो अबसरमा सचिव मिना माकाजुले सचीवको प्रतिबेदन र कोषाध्यक्ष निशा ताम्राकारले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
नेवाः मिसा पुच नयाँबजारका अध्यक्ष यमुना तझ्या श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कोपिला श्रेष्ठ र संचालन सचिव मिना माकाजुले गरेका थिए ।