पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सोमबारदेखि कास्की क्लवस्रतीय टी—२० लिग क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा कास्कीमा आवद्ध ९ मध्ये ८ वटाक्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । क्रिकेट मैदान पूर्णरुपमा तयारी गरिएको छ ।
प्रतियोगिताको उदघाटन खेल बिहान ८ बजे साविक च्याम्पियन राईजिङ पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । त्यसैगरी दोस्रो खेल माछापुच्छ«े क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबसँग खेल्ने खेल तालिका छ ।
कास्कीमा राईजिङ, माछापुच्छ«े, पोखरा क्रिकेट, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, लेखनाथ युथ क्रिकेट, लेकसाईड क्रिकेट क्लबको आवद्ध छन् ।
क्लबहरु बीच राउण्ड रोविनमा प्रतिस्पर्धा गराईने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।
कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक दुर्गाबहादुर चन्दका अनुसार प्रतियोगिता उदघाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गर्ने छन् । प्रतियोगिताको लागि झण्डै ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।