पोखरा, माघ २१ गते । अन्तदृष्टि प्रोत्साहन पुरस्कारबाट चार जनालाई सम्मान गरिएको छ । दृष्टिविहीन विद्यार्थीहरुसंग हातेमालो गरेका अपांगता नभएका विद्यार्थीहरुको सहयोगी भुमिका खेल्दै व्यहार, सिकाईको आदान प्रदानमा लगायतका आधारमा चार जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालयको कक्षा दशमा अध्ययनरत गरिमा थापा, करिना काफले, सोही विद्यालयका शिक्षक मुक्तिनाथ आचार्य र उकेरा डटकमका पत्रकार मोनिका वाईबालाई सम्मान गरिएको हो । उहाँहरुलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मानपत्र, नगद सहित सम्मान गर्नुभयो ।
दृष्टिविहीन विद्यार्थीहरुसंग हातेमालो गरेका अपांगता नभएका विद्यार्थीहरुको सहयोगी भुमिका खेल्दै व्यहार, सिकाईको आदान प्रदान गरी समावेशी विकास र समतामुलक समाज निर्माणमा पु¥याएको योगदानको गदर गर्दै चार जनालाई सम्मान अन्तरदृष्टि पुरस्कार छनोट समितिका संयोजक होमनाथ अर्यालले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले दृष्टिविहीन विद्यार्थीलाई सहयोग गरेर उदाहरण बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
अपांगता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन सकेको छैन् उहाँले भन्नुभयो, “अहिले पनि केही नकरात्मक दृष्टिकोण, उहाँहरुप्रति गर्ने व्यवहार विभेदपूर्ण रहेको छ ।त्यसैलाई यसलाई परिर्वतन र व्यवहार सम्मानजनक हुनुपर्छ भन्ने मान्यताले यो पुरस्कार स्थापना भएको हो, त्यसैले यसले अपांगता भएका ब्यक्तिहरु प्रतिको सोचलाई परिर्वतन गर्न सकरात्मक भुमिका खेल्ने छ ।” पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सम्मानितहरु शिक्षक मुक्तिनाथ आचार्य, गरिमा थापा, करिना काफले लगायतले बोल्नुभएको थियो ।