पोखरा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) वडा कमिटी -५ को आयोजनामा पार्टीको जनसंगठन अखिल नेपाल किसान महासंघ पोखरा महानगरपालिका वडा कमिटी -५ को प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार एमाले निकट वडा नं. ५ का किसानहरुको भेलाले बसन्त प्रसाद श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय अखिल नेपाल किसान महासंघ वडा कमिटी -५ गठन गरेको छ ।
नेपाल किसान महासंघ सम्पूर्ण श्रमजिवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक संगठित आवाज उठाउने नेतृत्वदायी संगठन हो । महासंघ नेपाली किसानहरूको प्रतिनिधित्व गर्ने बिभिन्न २२ वटा विषयगत उत्पादन, सामुदायिक र वर्गीय किसान संघहरूकोे साझा छाता संगठन समेत हो । नेकपा(एमाले) वडा कमीटी -५ का अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको सो भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमीटीका सदस्य एवं पोखरा महानगर कमिटी ईन्चार्ज दिलिप बिक्रम शाही प्रमुखको आतिथिको रूपमा थिए ।
पोखराको वडा नं -५ केहि बर्ष अगाडी कृषक र कृषि योग्य जमिनले चिनिन्थ्यो तर केहि बर्ष यता भुखण्डिकरण अर्थात प्लटिङले गर्दा कृषि योग्य जमिन मासिदै गएको हुँदा बाँकी रहेका जमिनको उचित र बैज्ञानिक प्रयोग कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्न एमाले वडा कमिटी ५ का अध्यक्ष लक्ष्मण बरालले बताए । साथै अहिले पनि उब्जनी गरेको तरकारीले उचित बजार र मुल्य नपाउनु बिडम्बनापूर्ण कुरा रहेको अध्यक्ष बरालको भनाइ छ ।
भेलामा वडा नं -५ का कृषि सन्जाल अध्यक्ष उज्वल खत्री, अखिल नेपाल किसान महासंघ पोखरा महानगर कमिटी अध्यक्ष झलक बराल लगायतले शुभकामना मतव्य राखेका थिए । भेलामा स्वागत मन्तव्य एमाले वडा कमिटी उपाध्यक्ष पान प्रसाद तिमिल्सिनाले राखेका थिए भने कार्यक्रमको सञ्चालन कमिटी सचिव बसन्तराज गौतमले गरेका थिए ।