थ्री स्टार आहा राराकाे सेमिफाइनलमा

पाेखरा,माघ २७ गते ।मछिन्द्र क्लब काठमाडौ पेनाल्टीमा चुक्दा आहारारा गाेल्ड कप फुटबल प्रतियाेगिताबाट बाहिरीएकाे छ

पेनाल्टी सुटआउटमा थ्रीस्टार क्लबले मछिन्दलाई पराजित हुदै २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियाेगिताकाे दाेश्राे क्वाटरफाइनल प्रतिस्पर्धामा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारकाे यात्रा पक्का बनायो ।

 

निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलान र आदित्य शाक्यको प्रहार गोलमा परिणत नभएपछि गोल्डकपको यात्रा टुंगिएको थियो । दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरेका थिए ।

 

थ्रीस्टारका लागि फोडे फोफोना, दिपेश घले, लक्ष्मण रुचाल र विराज महर्जनको पेनाल्टी गोलमा परिणत भएपछि अन्तिम चारको यात्रा तय गर्यो । आईतबार प्रतिस्पर्धा निकै रोचक बन्यो । दुवैले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा दिपेश घलेले क्रस गरेको बल सेकेण्ड बारमा लागेर रिवाउण्ड भएको बल फष्टबार नजिकैबाट क्लियर भएको थियो ।

 

थ्रीस्टारले एकपछि अर्को अवसर सृजना गरेपनि गोल नहुदाँ निर्धारित र अतिरिक्त समय गोलरहितमा चिक्त बुझायो । खेलमा दिपेश प्लयेर अफ दि म्याच घोषित भए । प्रतियोगिताको तेस्रो क्र्वाटरफाईनल खेल अपी पावर चर्च ब्वाईजले त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...