नेपाल पुलिस क्लब आहा रारा गोल्ड कपको फाइनलमा

पोखरा,माघ ३० गते। विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको २५० औँ खेलमा लिग च्याम्पियन चर्च ब्याइज क्लबलाई १–० को कठिन जित निकाल्दै फाइलन प्रवेश गरेको हो ।

पोखराको मैदानमा सफल पुलिसलाई फाइनल पुग्न सञ्जिव लामा सञ्जिवनी बुटि सावित हुनुभयो । पहिलो हाफ गोल रहित खेलेको पुलिसले ५८औँ मिनेटमा गोलको खाता खोल्यो । करिव २५ याड टाढाबाट लामाले प्रहार गरेको बल सिधै पोष्टभित्र छिरेपछि पुलिसले १–० गोलको अग्रता बनायो । त्यसपछि पुलिस र चर्च दुबैले गोल गर्ने प्रयास गरेपनि सफल भएन् । त्यही एक गोल निर्णायक बनेपछि पुलिसले सातौ पटक उपाधि उचाल्ने योजना बनाउदै चर्च ब्वाइज घर फर्किन बाध्य भयो । पुलिस आहा रारामा ११ औँ पटक फाइनल पुग्ने भाग्यमानि टिम हो भने आहा रारामा गोल्ड कपमा उसले आज आफनो ५० औँ खेल समेत जित्दै इतिहास बनाएको छ ।निर्णायक गोल गर्नुभएका लामा खेलमा म्यान अफ दि म्याच घोषित हुनुभयो । २०७१ मा भएको १४ औं संस्करणमा प्रतियोगिताको १ सय ५० औं खेल खेल पूरा भएको थियो। जसमा  थ्री स्टार र झापा भिडेका थिए। २ सयौं खेलमा मनाङ र झापाबीच २०७६ सालको १९ औं भएको थियो।

 


आहा–राराको बुधबारको खेल २५०औँ खेल हो । यो खेल मोफसलमा आयोजना हुने प्रतियोगिताको २५०औँ खेल पुगेको पहिलो हो । नेपाली फुटबलको बाघका परिचय बनाएको पुलिस २०७६ सालपछि आहा–राराको फाइनलमा पुगेको हो । यसअघि ६ पटकको च्याम्पियन पुलिसले उपाधिका लागि थ्रीस्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्सबिचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।आहा राराको २३ औँ संस्करणसम्म  ८ टोलीमात्र च्याम्पियन भएका छन्। पुलिस र मनाङले सर्वाधिक ६ पटक उपाधि जित्दा थ्री स्टारको नाममा ५ वटा उपाधि रहेको छ। त्यसपछि संकटा क्लब दुई पटक च्याम्पियन बनेको छ भने आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकपटक उपाधि उचालेका छन्।

 

 

दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । खेलपछि चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताउनुभयो ।पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलमा राम्रो खेल प्रर्दशन गदै उपाधि जित्ने योजना रहेको बताउनुभयो । स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...