पोखरा, फागुन २ गते ।पोखरा महानगरपालिका वडा नं. २० भलामको आयोजना, महेन्द्र मावि भलामको व्यवस्थापन तथा जीवन विज्ञान परिषद् कास्कीको सहकार्यमा शिक्षा तथा पूर्ण स्वास्थ्यका लागि स्वजागरण, सुख, शान्ति र समृद्धिको जागरण महेन्द्र मा.वि. भलामको सभाहलमा शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सद्गुरुदेव रमेश नेपालले शिक्षित र स्वस्थ हुनको लागि आफूभित्रको क्षमता चिन्न जरुरी हुने बताउनुभयो ।कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका प्रसाद आचार्य, पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मी, विन्ध्यवासिनी मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दिप थापा लगायतले शैक्षिक क्षेत्रका समसामयिक विषयमा आ–आफ्नो मन्तव्य राखेका थिए ।
पोखरा म.न.पा. वडा नं. २० का अध्यक्ष गंगा बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर क्षेत्रीले स्वागत तथा कार्यक्रमको संचालन विद्यालयका प्र.अ. बोधराज पौडेलले गर्नुभएको थियो ।उक्त अवसरमा सामाजिक व्यक्तित्वहरु, पूर्व प्रअ, पूर्व विव्यस अध्यक्षहरु लगायत टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।