ब्ल्याक बुल्सका साभकातजोन सर्वोत्कृष्ट खेलाडी

पोखरा, फागुन ४ गते । पाेखरा रंगशालामा शनिबार सम्पन्न २४ औं आहा रारा पोखरा गोल्ड कपमा उज्वकिस्तानकाे ब्ल्याक बुल्सका साभकातजोन सातारोभले सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टेल्जी स्कुटर प्राप्त गरे ।


आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको उज्वेकिस्तानी टोली ब्ल्याक बुल्सले व्यक्तिगत विधामा पनि उत्कृष्ट रह्यो । उनै साभकातजाेनले नै सर्वाधिक गोलकर्ताका पुरस्कार समेत प्राप्त गरे । त्यस्तै जसुरबेक राजाबोभले बेष्ट गोलकिपरको पुरस्कार पाए ।

 

बुल्सकै अलुजोन एलिजोनोभले बेष्ट डिफेन्डरको पुरस्कार थापे । त्यस्तै अजिजवेक खुर्सनबोईभले बेष्ट फरवार्ड पुरस्कार प्राप्त गरेका छन् । बेष्ट मिडफिल्डरको पुरस्कार भने नेपाल पुलिस क्लबका राम वाजेले पाए । अनुशासित टोलीबाट सिक्किमको थण्डरबोल्ट्स नर्थ युनाईटेड घोषित भयो । युवा खेलाडीको पुरस्कार नेपाल पुलिसका सन्जीव लामाले प्राप्त गरेका छन् ।

 

उत्कृष्ट प्रशिक्षक बुल्सका अबुलाजिज नर्साेबोईभ घोषित भए । उत्कृष्ट घोषित खेलाडीहरुले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । सहारा क्लबको आयोजनामा गत माघ २२ गतेदेखि सञ्चालित २४ औं संस्करणको आहा रारा गोल्डकपको शनिबार उपाधि छिनोफानोसँगै विट मारेको छ । नेपाल पुलिस क्लबलाई ३-१ गोलले परातिज गर्दै उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स एफसी च्याम्पियन बन्यो ।रे । उनी सर्वाधिक गोलकर्ताका पुरस्कार समेत प्राप्त गरे । त्यस्तै जसुरबेक राजाबोभले बेष्ट गोलकिपरको पुरस्कार पाए ।

बुल्सकै अलुजोन एलिजोनोभले बेष्ट डिफेन्डरको पुरस्कार थापे । त्यस्तै अजिजवेक खुर्सनबोईभले बेष्ट फरवार्ड पुरस्कार प्राप्त गरेका छन् । बेष्ट मिडफिल्डरको पुरस्कार भने नेपाल पुलिस क्लबका राम वाजेले पाए । अनुशासित टोलीबाट सिक्किमको थण्डरबोल्ट्स नर्थ युनाईटेड घोषित भयो । युवा खेलाडीको पुरस्कार नेपाल पुलिसका सन्जीव लामाले प्राप्त गरेका छन् ।

 

उत्कृष्ट प्रशिक्षक बुल्सका अबुलाजिज नर्साेबोईभ घोषित भए । उत्कृष्ट घोषित खेलाडीहरुले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । सहारा क्लबको आयोजनामा गत माघ २२ गतेदेखि सञ्चालित २४ औं संस्करणको आहा रारा गोल्डकपको शनिबार उपाधि छिनोफानोसँगै विट मारेको छ । नेपाल पुलिस क्लबलाई ३-१ गोलले परातिज गर्दै उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स एफसी च्याम्पियन बनेकाे हाे । ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...