पोखरा, फागुन । नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
माघ २२ र २३ गते पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कास्की काँग्रेसको व्यवस्थापनमा ७७ जिल्लाका सभापति र उपसभापतिका लागि गरिएको कार्यक्रम उपलब्धिमूलक भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।त्यस्तै, पार्टीको एक सय दिने विशेष अभियान अन्तर्गत तयार पारिएको प्रतिवेदनलाई गहन रुपमा अध्ययन गर्ने र सुझावहरु कार्यन्वयन गर्ने निर्णय गरेको छ ।