पोखरा । पोखराका पत्रकार इन्द्रप्रसाद पौडेल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा दोहोरिएका छन् ।
सोमबार नवलपुरमा भएको दोस्रो अधिवेशनबाट उनी आगामी तीनवर्षे कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत् भएका हुन् ।महासचिवमा पनि आशबहादुर गुरुङ दोहोरिए ।
कार्यसमिति उपाध्यक्षमा इतराज गुरुङ, उपाध्यक्ष (महिला) मा रञ्जिता शर्मा, कोषाध्यक्षमा मदनराज तिमिल्सिना तथा ५ सचिवमा सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर विक छन् ।
सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली छन् ।
अधिवेशनको प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए