पाेखरा, फागुन ७ गते ।पाेखरा रंगशालामा हुने भनिएको विराट चक्र विज्ञान त्यहाँ नहुने भएको छ । ।
पाेखरा रंगशालामा रहेकाे बैकल्पिक फुटबल मैदानमा गर्ने गरि तयारी भैरहेको थियाे ।उक्त कार्यक्रमकाे विराेध भएपछि आयाेजकले फागुन ११ गतेदेखिकाे कार्यक्रम उक्त स्थानमा हुने जानकारी गराएको छ ।।
आगामी फागुन ११ गते आइतबार तय भएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको हाे ।फुटबल प्रशिक्षणलाई राेकेर कार्यक्रम गरिएको भन्दै केही संचार माध्यम र खेलकुदकर्मीले विराेध गरेपछि आयाेजकले स्थगित गरेकाे हाे ।झण्डै १५ दिनदेखि कार्यक्रमका लागि तयारी गरिएकाे थियाे ।कार्यक्रमका लागि भब्य टेन्ट निर्माण गरिएकाे थियाे ।बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।
आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण रुपाखेतीले विज्ञप्ति जारी गर्दै वैकल्पिक स्थानको क्षमता मध्यनजर गर्दै ६ फागुन साँझ ६ बजेसम्म दर्ता पूर्ण गरेर क्यूआर प्राप्त गरेका सहभागीलाई भने पूर्व निर्धारित समयमै चक्र विज्ञान कार्यक्रममा सहभागी गराइने जनाएका छन् । दर्ता प्रक्रियामा रहेकालाई अर्को वैकल्पिक मिति र स्थान व्यवस्था गरी उपयुक्त तवरले जानकारी गराइ नाम दर्ता गराउने विज्ञप्तिमा उल्लेख छ।
१० दिने कार्यक्रममा दैनिक १० हजार जनाको संख्यामा मानिस उतार्ने तयारी आयोजकको थियो ।दैनिक खेलकुदका गतिविधि हुने पोखरा रंगशालामा उक्त कार्यक्रम हुन लागेपछि खेलकुदका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । वैकल्पिक स्थानबारे आयोजकले जानकारी दिइसकेको छैन ।यसैबीच, पोखरा रंगशालामै १० फागुनमा हुने भनिएको ‘गण्डकी स्वजागरण उत्सव’ भने रंगशालाकै आर्चरी खेल मैदानमा हुने जनाइएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि हुनेछ ।