प्रधानमन्त्री ओली आज पोखरा आउदै

पाेखरा, फागुन ८ गते ।प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउनुहुदैछ ।

पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा आउन लाग्नु भएकाे हाे ।

 

दीक्षान्त समारोह पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा आज बिहान ११ बजे राखिएको छ ।

प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट कार्यक्रम स्थलमा ओर्लने बताइएको छ। त्सपछि उहाँ  सोही हेलिकोप्टरबाट दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यतालिका रहेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...