एकताबद्ध भएका भए पोखराको मेयरमा निर्वाचन हार्ने थिएनौँ :महासचिव पोखरेल

पोखरा, फागुन ९ गते ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकताबद्ध हुन नसकेको बताउनुभएको छ । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको वडा केन्द्रीत पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “हाम्रा मनहरु जोडिएका भए,हामी एकताबद्ध भएका भए पोखराको मेयरमा निर्वाचन हार्ने, उपमेयर जित्ने,वडा अध्यक्ष हार्ने र सदस्य जित्ने अवस्था हुने थिएन होला ।”नगरसभामा बहुमतमा छौँ नगर कार्यपालिकामा हामी अल्पमतमा छौ उहाँले भन्नुभयो,“कार्यपालिकाले हामीलाई नियन्त्रण गरिराख्या छ,यसले बताउँछ ।”

पोखरा महानगरपालिका इन्जिनियर, जनस्वास्थ्यका कर्मचारी निकालिएका छन् यसले स्वभाविक रुपमा विकास निर्माणको कामलाई कति प्रभाव पारेको छ भन्ने अनुमान गर्न सकिन्छ उहाँको भनाई थियो ।महासचिव पोखरेलले शिक्षा लिने पाठ सिक्ने भनियो स्थानीय तहको निर्वाचनमा भाच्चिएका मनहरुलाई केही मत्थर बनाउने कोसिस भयो प्रदेश र संघको निर्वाचनमा कास्कीले राम्रै परिणाम दियो तर पनि सबैका मनहरु खुलस्त हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश अधिवेशन र जिल्ला अधिवेशनमा प्रतिस्पर्धा गर्नुभयो त्यसले पिडा भुलाउन नसकेको बताउदै भन्नुभयो,“मिसन ८४ को उद्देश्य पुरा गर्न नसकिने बताउनुभयो । हामीले मिसन ८४ को जुन उद्देश्य बनाएका छौ, त्यो पुरा हुन सक्दैन् ।”

उहाँले पार्टी नेतृत्वयति बेला राजनीतिक, बैचारिक र कार्यक्रमका हिसावले एकताबद्ध रहेको बताउदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी केन्द्र एकताबद्ध छ तर अनेक बहानामा पार्टीभित्र विवाद देखाउन चाहान्छन्। एमालेको नेतृत्व एकताबद्ध छ ।पार्टीमा बैचारिक,राजनीतिक र नेतृत्वको विषयमा मतभेद छैन । यस्तो अवस्थामा पार्टी एकताबद्ध छ । स्थानिय तहमा पार्टीलाई एकताबद्ध गराउने कुरा हाम्रो साझा संकल्प बन्नुपर्छ उहाँले भन्नुभयो, “जव सम्म हामी एकताबद्ध हुदैनौ तव सम्म लक्ष्य प्राप्त गर्न सक्दैनौ । पार्टीलाई एकताबद्ध बनाउने विषय हाम्रो प्रमुख विषय हो ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...