पाेखरा, फागुन १५ गते ।मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।
दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो ।
तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो कोसिस के छ भने नौलो जिन्दगी हुनेछ । मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःख–सुःखको एउटा अनुुभव छ । त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुुम्तीमा छुु ।
म जहिले जवान थिए, मसँग असाध्यै ऊर्जा थियो । त्यसैको प्रभावले कहिले निकै उचाइमा पुुगें, खस्दा पनि छर्लङ्ग नै खसे ।
क्यान्सरले ग्रसित हुनुु त्यो मेरो जीवनको एउटा महत्वपूर्ण समय थियो । त्यसैले जहिल्यै पनि सम्झन चाहन्छुु । जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ । र त्यतिखेर म मृत्युुको बोधले या भयले घेरिएको थिए । एक्लोपनले गिजलेको थियो । मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन सत्य हुन्छ । कसैको छिटो, कसैको ढिला । तर, हामीले एक दिन भोग्नुु नै पर्छ ।
त्यसपछि मलाई लाग्यो कि मैले बाँच्न पाए भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ कि ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर । बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु ।
क्यान्सरको उपचार गर्नलाई हस्पिटलमा बस्दा आशावादी त म थिइनँ । म निराश थिएँ । लाग्यो कि मलाई यही मेरो जीवनको अन्तिम क्षण हो । अन्तिम दिनहरू हो ।
असाध्यै हिनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ तर त्यसको भरपूूर उपयोग गर्न सकिनँ । त्यसको दुरुपयोग गरें । म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ । मैले ४१ वर्षसम्म बाँच्न पाएको थिएँ । उपयोग आफैंले बाँच्न गरें भनेर असाध्यै हिनताबोध भएको थियो ।
हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर । आफन्त को हो भनेर ? आफन्त देखिने भनेको को रहेछ ? जीवनमा के महत्वपूर्ण रहेछ ? के संवेदनशील छ ? के संवेदनशील छैन भनेर ?
क्यान्सर हुनुुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ, मेरो अन्त्य छैन भनेर । अंहकार जस्तो थियो ।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हँुुदैनौं ।
अब त कहिले मर्ने थाहा भएन । मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो । एक्लोपन असाध्यै भयो । डर असाध्यै लाग्यो । बाँच्छुु, जिउँछु ? कतिसम्म बाँच्छुु र कहिलेसम्म कुन हालतमा बाँच्छु ? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ भन्ने पनि थाहा थिएन । अपाङ्ग भएर बाँच्छु कि ? भन्ने सोचहरू मनमा आएको थियो । भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु ।
जब हस्पिटलमा थिए त्यतिखेर मैले सोचेको मान्छेहरू, माया गरेको मान्छेहरु म सँग कोही आएनन् । मेरो आमाबुवा र निकट साथीहरु भन्दा बाहेकका एउटा दुुईटा आए । मेरो त जमातै हुुन्थ्यो, ठूलो सर्कलमा साथीहरु थिए । त्यतिखेर कोही भएन । म एक्लो निराश भएर हस्पिटल बेडमा बसिराको हुन्थें ।
एक जना डाक्टर हुुनुुहुुन्थ्यो । हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो । पूरा दिन मसँग बस्नुहुुन्थ्यो । एकचोटी बस्नुुभो । दुुईचोटी बस्नुुभो । मेरो मनमा धेरै प्रश्नहरू आउन थाले । एकदिन त मैले आफूलाई रोकेर सोधें, ‘तपार्इं आइतबार यहाँ अएर बस्नुहुन्छ । न्यूयोर्कको राम्रो हस्पिटलको डक्टर हुनुुहुन्छ । त्यहाँ तपाईं यति व्यस्त हुनुुहुन्छ हप्तैभरी । आइतबार एक दिन पाउनुहुुन्छ त्यो पनि आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो । तर, तपाईं मकहाँ आउनुहुन्छ ? तपार्इं मेरो फ्यान पनि होइन । साथी पनि होइन । किन आएर मसँग बस्नुहुन्छ । आफ्नो महत्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुुभएको छ ?’
उहाँले भन्नुुभो, ‘मनिषा जी सो द्याट यु डु दिस समबडी एल्स ।’ म अवाक् भएँ । उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर । र मलाई साथको खाँचो छ भनेर । त्यसैले उहाँ आउनुुभो । उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिउँ कसैलाई परेको बेलामा ।
हरेक मान्छेहरूको सोच फरक हुन्छ । तपाईंसँग एक जना होस्, दस जना होस्, कोही नहोस् । तर, तिमी शान्त छौ भने केही हुँदैन । हामलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौं । यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं ।
तर, उभियो भने ठीकै छ नउभिएपनि ठीकै छ नि त ! भनेर स्वीकार गर्न सक्नुुपर्छ । माया प्रेम पाए पनि राम्रो नपाएपनि राम्रो । ब्यालेन्ससिटको फर्मुुलामा गयो भने गाह्रो हुन्छ ।
उचाइमा पुुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ । म युवा हुुँदा एउटै नाक आकाशतिर भएर हिँड्थें । इगो धेरै बुस्ट हुन्छ । मेरो सेकेन्ड इनिङमा मैले सफलता पाएँ र यसमा रमाएँ । किनभने मैले असाध्यै मेहनत गरे त्यसको सफलता भए । मैले आफैंलाई असाध्यै आशीर्वाद दिए । मैले आफैंले स्याबास भनेपनि । तर, मलाई यति थाहा छ कि यी सबै सकिने रहेछ । जिन्दगीको सत्य अस्थायी हो । भोलि के हुन्छ थाहा हुदैन ।
उचाइमा पुुग्दा सीमितता हुन्छ । अब यो पछि के गर्ने भन्ने हुन्छ ? त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन । हामी मनुष्य हरेक जीवनमा साझा सत्य के हुन्छ भने निराश, सफलता । हामी सफल पनि देख्छौं, ओरोलो झरिरहेका पनि हुन्छौं । सानो होस् या ठूलो कुरा होस् कहीं हामीलाई धेरै माया इज्जत दिइन्छ । त्यो सधैंभरीका लागि हँुदैन । भोलि गएर कहीं अपमान, बेइज्जति सहनुपर्ला । म धेरै नै ओरोलामा झर्न चाहिन र धेरै नै उचाइमा पुुगेर पागल पनि हुन चाहँदिनँ भन्ने मानवीय स्वभाव रहेछ ।
जब मैले जिन्दगीलाई बुझ्दै गएँ धेरै बुुझ्ने भएँ । युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दा म ओहो ! मिनाकुमारी भन्थें । एकदम निराश हुने । हरेक चिज परिवर्तन हुन्छ । अहिले जब उमेर बढ्दै गयो अहिले लाग्छ हरेक चिज परिवर्तनशील छन् । जिन्दगी बुुझेर बाँचेको राम्रो ।
क्यान्सर भएर बेडमा हुँदा मैले सोचेको थिएँ – जिन्दगीलाई सुधार गर्छु । जसले मलाई साँचो माया गरेको छ जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपन्तत्व महशुुस गराउँछुु, झन् सुदृढ गराउँछु, मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछुु । त्यो सबै एक एक गर्दै हिँडिराख्याछु अहिले । धेरै मान्छेले बम्बइमा फेरि करियर सुरू हुन्छ भनेर सोचेका थिएँ ।
किनभने मलाई सिनेमा मन पर्छ । अभिनय, कथाहरू भन्न, सुुन्न, हेर्न मन लाग्छ । तर, मेरो अर्को पाटो खुुलिसकेको छ । अब म एक्सप्लोर जिन्दगी बाँच्न चाहान्छु । जहाँ मेरो आत्मले लाग्छ जहाँ मलाई खुसी लाग्छ त्यो बाटो हिँड्दै जान्छु जहाँ मलाई दिमागले नबाँधोस् । म जिन्दगीलाई खुुला गर्दैछु ।
मनमा एउटा सोच थियो, म जुन उचाइमा थिएँ फेरि त्यही उचाइमा लगेर म निर्णय लिन्छु निरन्तर गर्छु कि गर्न चाहँदिनँ । किनभने जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुरा बाँध्दैन । म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन । तर, एउटा फ्लोमा करियर थियो । मैले कडा मिहिनेत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि अँ राम्रा निर्देशकहरू एक्कासी जिन्दगीले जोडले मलाई लगेको थियो । एकदमै महत्कांक्षी भएर म अगाडि बढेको होइन । पहिला पनि म त्यस्तो महत्कांक्षी होइन, अहिले पनि छैन ।
मलाई अनुुभव हुन्छ मैले केही महत्वकांक्षा प्रयोग गरे जब केही महत्वपूर्ण उपलब्धी हासिल गरें । तर, पूर्ण क्षमतावान् थिएँ महत्वकांक्षा हुनका लागि ।
मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन । म धैरै कलात्मक, सिर्जनशील, जिप्सी छु । राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिकको बारेमा सुन्दा सुन्दा रुचि कम छ । राजनीति सजिलोसँग बुुझिन्छ ।
नेपाली सिनेमाको अहिले राम्रो समय छ । ‘पूूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि पहिलो ५० करोड बढी कमाउने । यो सुरुआत हो । किनकि पहिलेपहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो । अहिले सय करोडमा पुुगेपछि सम्भावनाको ढोकाहरू खुुलेका छन् ।
हामीले सिर्जनशीलता दिनुपर्छ । नेपाली समाजमा किताब पढ्नेहरू बढी छन् । त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ । हाम्रो आफ्नो माटो, परम्परा, कथाहरू फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौं । त्यस्ता फिल्म निर्माताहरु युवापुस्ताहरुमा देखिएका छन् ।