पाेखरा, फागुन २६ गते ।काेटिहाेम हुन नदिने निर्णयबाट महानगर पछि हटेको छ । पाेखरा महानगरपालिका मेयर धनराज आचार्यले काेटिहाेम हुन नदिने बताउदै आएका थिए ।वालयाेगेश्वर विवादित व्यक्ति भएकाले हुन नदिने भन्दै व्यक्तिगत आराेपमा उत्रेकाे महानगर अन्ततः काेटिहाेम संचालन गर्न दिन तयार भएकाे छ भने स्थान परिवर्तन गर्न आयाेजकसंग अनुराेध गरेकाे छ ।
स्थानका लागि पाँच सदस्यीय समिति गठन गर्न दुबै समहत भएका छन ।आज पाेखरा महानगरमा बसेकाे महानगर, काेटिहाेम आयाेजक र सुरक्षा निकाय वीचकाे छलफलले समिति गठन गर्ने सहमति गरेकाे मानव सेवा फाउन्डेसनका विजयकृष्ण मुर्तिले जानकारी दिए ।
कोटी होम गर्न दिन पोखरा महानगर तयार बनेको छ भने लेकसाइडको बाराहीघाटमै कोटीहोम गर्ने अडानमा रहेको मानव सेवा फाउण्डेशन पनि स्थान परिवर्तन गरेरै भएपनि कोटीहोम गर्न तयार बनेपछि निकास निकाल्न समिति गठन गर्ने सहमति जुटेकाे हाे । समितिले दिने निर्णयका आधारमा स्थान तय हुन्छ तर निर्धारित मितिमै काेटिहाेम हुन्छ उनले भने ।
छलफलमा जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रतिनिधिको रोहबरमा महानगरपालिका, तीनवटै सुरक्षा निकाय र आयोजक मानवसेवा फाउन्डेसनका प्रतिनिधीकाे सहभागीता रहेकाे थियाे ।
कोटिहोमलाई महानगरपालिका र अन्य संघसंस्थाकाे साझा बनाउने गरि गर्ने निर्णय गरेको भन्दै विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले भने, याे विषय हाम्रो मात्रै भएन, याे साझा भयाे ।