घर घरमा प्रहरी अभियान सुरु

पोखरा, २८ फागुन । जनतामा शान्ति सुरक्षाको प्रत्याभुती गराउने गरि नेपाल प्रहरी ल्याएको घर घरमा प्रहरी अभियान सोमवार देखि कास्कीको लेखनाथमा सुरु गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्म ,मादी गाउपालिका र रुपा गाउपालिकालाई कार्यक्षेत्र बनाएको ईलाका प्रहरी कार्यालय शिशुवाले सोमवार राखेको कार्यक्रममा कास्कीका प्रहरी प्रमुख श्याम वावु ओलियाले घर घरमा प्रहरी अभियान सुरु गरेका हुन् ।

 

 

कुनै पनि शंकास्पद गतिविधि देखेमा वा थाहा भएमा साथै सुरक्षा सम्बन्धि कुनै पनि समस्या परेमा प्रहरीलाई सम्झनु भन्ने स्टीकर वनाएर आफनो कार्यक्षेत्रका सवै घर धुरीहरुमा टास्ने अभियानले जनतामा शान्ति सुरक्षको महशुस हुने र अन्यायमा परेकाले न्याय पाउने विश्वास लिईएको छ ।

 

 

अभियानको शुभारम्भ गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम वावु ओलियाले ग्रामिण क्षेत्रमा प्रहरीको पौच सहज रुपमा पु¥याउनका लागि र आफु अन्यायमा परेर पनि समस्यालाई वाहिर ल्याउन नसेका पिडितहरुको पक्षमा काम गर्ने गरि अभियान संचालन गरेको बताएका थिए ।

 

 

समाजमा भएकै ब्यत्तिले घटना घटाउने र पिडित पनि त्यही समाजका ब्यक्ति हुने भएकाले जनता र नागरिकको सम्वन्धलाई भावनात्मक रुपले जोड्न र पिडितलाई न्याय दिलाउने र पिडकलाई कानुनी कठघरीमा उभ्याउनु नै यो अभियानको मुख्य उदेश्य रहेको प्रमुख अलियाको भनाई रहेका छ ।

 

 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले शान्ति सुरक्षाका क्षेत्रमा भएका कामका वारेमा प्रकाश पार्दै पिडितले न्याय नपाउदासम्म प्रहरीलाई पनि पिडा भईरहने भएकाले प्रहरीले शान्त समाजको परिकल्पना गरि आवाज पु¥याउन नसक्नेहरुका लागि सारथी भएर उभिएको वताएका थिए ।

 

 

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले समाजमा घट्ने घटनाको जिम्मेवारी प्रहरी र जनप्रतिनिधीले मात्र लिनु पर्ने सोचलाई केही फराकीलो बनाएर त्यसको जिम्मेवारी जनता पनि हो भन्ने सोचका साथ जनता पनि चनाखो र जागरुक हुनु पर्ने सुझाव दिएका थिए ।

 

 

सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,पुर्व प्रहरी लेखनाथ ईकाइका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना अभियानले गुनासो सुन्ने समस्या सुल्झाउने उदेस्य राख्नु पर्नेमा जोड दिएका थिए ।

 

 

विविध सास्कृतीक कार्यक्रम सहित सुरु भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्व अध्यक्ष शिवहरी ढुगानाले चेतनामुलक गीत मार्फत स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रहरी नायव निरिक्षक समुन्द्र नेपालले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...