पाेखरा । आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।
होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ ।
सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
यता पर्यटकीय सहर पाेखरामा पनि हाेली धुमधामले मनाउने गरिन्। पर्यटकीय क्षेत्र लेकसाइडमा हाेली महाेत्सवका रुपमा मनाउने गरिन्छ ।बाह्य पर्यटकलाई नेपाली संस्कृति बारे जानकारी गराउदै अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्दै पर्यटन प्रर्बद्वन गर्ने उदेश्यले हाेली महनेत्सवका रुपमा मनाउने गरिन्छ ।