नेकपा एमाले पाेखरा १७ बाराही टोल कमिटीमा विरेन्द्र

पाेखरा, फागुन । नेकपा एमालेले संगठन  विस्तारका लागि टोल केन्द्रित जरा अभियान  संचालन गरेकाे छ । साेहि अभियान अन्तर्गत  पाेखरा १७  वाराही टोल कमिटी गठन भएकाे छ ।   विरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

सो कमिटीको उपाध्यक्ष रण वहादुर लामिछाने, सचिव अन्जना थापा, उपसचिवद्धयमा आशिष तामाङ र अजय परियार एवम् सदस्यहरुमा गोरी नेपाली, उर्मिला परियार,वम बहादुर घर्तीमगर, शेर वहादुर तामाङ, विकास राई, नर बहादुर दमाई, रेख बहादुर विक,गणेश मिजार, टोपा कुमारी थापा, रोहीत विक रहनु भएको छ ।

 

नवनिर्वाचित टोल कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई एमाले पोखरा १७ का वडाअध्यक्ष विक्रम गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

 

नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य शान्ता गुरुङले अभियानको उद्घाटन गर्दै जरा अभियानले पार्टीलाई जनतासंग जोडन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
एमालेको स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा मुलुक र जनताको पक्षमा काम गर्दै आएको वताउँदै उहाँले मिसन ८४ अभियान पुरा गर्न नेता तथा पार्टी कार्यकर्ता संगठित भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

 

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाही योगीले यस क्षेत्रको समग्र विकासमा वडा र पार्टीकोतर्पmबाट निरन्तर प्रयास भई रहेको बताउँदै अव्यवस्थित वसोवासीलाई जग्गाको मालिक बनाउने जिम्मेवारीका साथ काम अगाडि बढेको जानकारी दिनुभयो ।

 

नेकपा एमाले वडा इन्चार्ज सुभाष ढुङगानाले पार्टी र जनप्रतिनिधि सहितको सामुहिक प्रयासबाट यस टोलमा खानेपानी, सडक, विद्युत, सडक जस्ता भौतिक पूर्वाधारले सम्पन्न भएको बताउँदै यस टोलका अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

टोल कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णु कुमारी थापा, सञ्चारकर्मी हरिप्रसाद बास्तोला, पोखरा १७ पार्टी उपाध्यक्ष रिता सुवेदी,निरज राना लगायतले अभियानको उदेश्य र आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता माथि चर्चा गर्नुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...