पाेखरा,चैत ५ गते ।पाेखराकाे पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेकाे छ । आज मंगलबार मतदान हुने भनिएपनि निर्वाचन समितिकाे गल्तीका कारण अखिल छैठौंकाे रेजा लगाउने ठाउँ नराखि मतपत्र छापिएपछि निर्वाचन हुनसकेन् ।
क्याम्पस प्रशासनले भाेलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने गरि सुचना प्रकाशन गरेकाे थियाे तर साँझ विभिन्न बिद्यार्थी संगठनले निर्वाचन कार्यालयमा ताला लगाएकाे भन्दै अर्काे सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएकाे अर्को सुचना प्रकाशन गरेकाे छ ।
साँझ ७ बजे बिद्यार्थी संगठनले तालाबन्दी गरेकाले निर्वाचन अगाडि बढाउन बाधा हुने भन्दै स्थगित गरेकाे सुचना प्रकाशन गरेकाे छ ।
पृथ्वीनारायण क्याम्पस पोखरामा अनेरास्ववियुको सुनिश्चित जित देखेपछि क्याम्पस प्रमुख र निर्वाचन प्रमुखद्वारा गरिएको नियोजित नौटङ्की निन्दनीय छ।