पाेखरा, चैत १४ गते ।नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ आै वार्षिक साधारणसभा पाेखरामा हुने भएकाे छ ।यही चैत १६ गते शनिबार साधारणसभा पाेखरामा हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइलीका अनुसार सभामा ८० जिल्ला/नगर,एक वस्तु संघ र २२ वटा एशाेसिएट सदस्यहरु सहित अतिथिहरु पर्यवेक्षक गरि ७ सय सहभागी हुने छन् ।
साधारण सभाकाे उद्घाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने अध्यक्ष रसाइलीले जानकारी दिनुभयाे ।उद्घाटन सत्रको समापन पश्चात महासचिवको प्रगति प्रतिवेदन, काेषाध्यक्षकाे आर्थिक प्रतिवेदन, लेखा परिक्षक नियुक्ति सहित समसामयिक एजेन्डामा छलफल हुने छ ।
महासंघको विधानलाई थप समसामयिक व्यवहारिक र प्रभावकारी बनाउने उदेश्यले विधानकाे तेस्रो संशाेधन गर्ने एजेन्डामा समावेश गरिएको छ । साधारण सभाको अन्त्यमा सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिस्पर्धी, गुणस्तरयुक्त , पारदर्शी र दिगो बनाउने उदेश्यका साथ विभिन्न एजेन्डाहरु समावेश गरि पाेखरा घाेषणा पत्र सार्वजनिक गर्दै साधारणसभा सम्पन्न हुने महासंघका सचिव निर्मल दियालीले जानकारी दिनुभयाे ।