पोखरा, चैत २६ गते ।गुरुङ समुदायको बस्ती पोखरा । आज तमु समुदायको सांस्कृतिक पर्व टहाेटे पर्व मनाउँदै छन् ।चैतकाे अन्तिम मंगलबार पोखरेली तमुहरुले मनाउने टहोटे पर्व विशेष रुपमा मनाउने गर्छन ।
पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार ट्होटे पर्व धुमधामसंग मनाउदै छन् । तमुहरुको राजधानीका रुपमा चिनिने पोखरामा हर्सोल्लासका साथ ट्होटे पर्व मनाउने तमुधी नेपालले जनाएको छ ।
विगतमा गाँउ घरमा भुतप्रेत धपाउने र रोग ब्याधि नलागोस भन्ने उद्देश्यले सो पर्व मनाउने चलन रहेको थियो ।पछिल्लो समय आफनो संस्कृतिको संरक्षण गर्ने र समाजमा रहेका विकृति विंसगतिको अन्त्यको कामना तथा अधिकार प्रापितको कामना गदै मनाउन थालिएको छ ।
ट्होटे पर्व मनाउन कास्कीका स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाले विदा दिएको हाे ।
तमु जातिको मौलिक साँस्कृतिक पर्व ट्होटें तमुहरुले वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैत्रको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा मनाउने गर्दछन । गुरुङ भाषामा ट्होटेंको शाब्दिक अर्थ ट्हो भनेको गाँउ बस्ती र टें भनेको शत्रु धपाउने भन्ने वा शत्रु धपाएर समाज सुरक्षित राख्ने भन्ने बुझिन्छ ।
ट्होटे मनाउन पाेखराकाे सभागृहमा जम्मा हुने र झाँकी, बाजागाजा बजाउने छन् ।तमु धिं नेपालले २०५२ सालदेखि पोखरामा संस्थागत रुपमा ट्होटें मनाउन थालेदेखि साँस्कृतिक पर्वको संरक्षण, तमु जातिको एकता र गुरुङ भेषभुषाले प्रचार प्रसार भएको तमु धिं नेपालका अध्यक्ष हाेम तमुको दावी रहेको छ । तमु धिं नेपालका पोखरा रहेका क्षेत्रिय तमु समाजहरु, तमु धिं अन्र्तगतको तमु विद्यार्थी समिति सहभागिता रहनेछ ।