
कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले पछिल्लो समय समाज नकारात्मकता तिर अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै बौद्धिक बर्गले सकारात्मक पक्षहरूलाई जोड दिएर समुन्नत समाज निर्माणमा भुमिका खेल्न सक्नु पर्नेमा जोड दिनुभयो । केही भएन, हुँदै हुँदैन जस्ता कुराले समाजलाई झन् बिग्रहमा लैजान सक्ने भन्दै उहाँले समाजसेवामा अगाडी बढेका पाईलाहरुलाई उत्साहित गराउन सक्नुपर्ने बताउनुभयो । सामाजिक काममा भू.पू. विद्यार्थी मञ्चले देखाएको अग्रसरता उदाहरणिय रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष विकास प्रसाद कडेलले भित्तेपात्रो प्रकाशनको लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने सबै सहयोग दातहरुलाई आभार प्रकट गर्नुभयो ।
मञ्चका अध्यक्ष कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानध्यापक शिवराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी, सल्लाहकार चन्द्र बहादुर सुबेदी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -३१ का सभापति केदारनाथ अधिकारी, मञ्चका निबर्तमान सचीव श्रीराम कडेल लगायतले बोल्नु भएको थिए ।