नयाँ शिक्षामन्त्रीमा पन्त, सपथ भोलि

काठमाडौँ, वैशाख १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा एमाले नेता रघुजी पन्त नियुक्त हुनुहुने भएको छ । प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाइँले सो जानकारी दिनुभएको हो ।

यसअघि शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्री समक्ष राजीनामा पेस गर्नुभएको थियो ।शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएनुभएको थियो । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ ।एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री हुनुभएको थियो ।आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाउनु भएको छ ।

 

 

शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ । शिक्षा मन्त्री पन्तको सपथ ग्रहण भोलि दिउसो चार बजे गराइने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...