पोखराकाे पुम्दीमा बस दुर्घटना, २२ जना घाइते

पाेखरा, बैशाख ३१ गते । पाेखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीबाट आउँदै गरेको बस दुर्घटना भएको छ।
दुर्घटनामा २२ जना घाइते भएका छन् र उनीहरूलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।


बसमा २६ जना सवार रहेको जानकारी दिइएको छ र थप विवरणहरू आउन बाँकी छ ।महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हाेफ। ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...