लामेआहालमा इभी हाईस दुर्घटनामा ३ जनाको मृत्यु

दुलेगौंडा, ३१ बैशाख ।पोखरा–३२, लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा ईभी हाईस बुधवार दिउँसो दुर्घटना भएको छ ।

धादिङबाट पोखरातर्फ जादै गरेको ग १ ज ८६३० नं. को हाइस दुर्घटनमा परि ३ जनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन । दुर्घटनामा चालक सहित ८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् ।

 

घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो । बाँकी ७ घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ । सो हाईसमा ११ जना सवार थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...