प्याराग्लाईडिङ पाइलटकाे मापसे चेक

पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामले सोमबार प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरे/नगरेको परीक्षण गरेको छ।

प्यारापाइलटहरुले मापसे र लापसे सेवन गरी उडान गर्ने गरेको जानकारी आएपछि प्याराग्लाइडिङ उडान हुने पोखरा २४ स्थित मान्द्रेढुंगा पुगेर प्रहरी, व्यवसायी र पाइलट क्लबका प्रतिनिधिसहितको टोलीले उनीहरूको परीक्षण गरेको जिप्रकाले जनाएको छ ।

 

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया, वडा प्रहरी कार्यालय पोखरा ६ बैदामका प्रमुख सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी, नाका महासचिव बलराम आचार्यलगायतको टोलीले उनीहरूको मान्द्रेढुंगा पुगेर मापसे र लापसे परीक्षण गरेका थिए।

 

प्रहरी प्रमुख ओलियाका अनुसार परीक्षणकाक्रममा १ जनाले सेवन गरेको पाइएको छ । सेवनकर्ता विशालबहादुर क्षेत्री रहेको उनले जानकारी दिए ।

 

क्षेत्रीलाई कानुनी कारवाही गर्न प्रक्रिया अघि बढाएको प्रमुख ओलियाले जनाएका छन् ।

 

३९ जना पाईलटहरुलाई मापसे र सोही मध्येका १५ जना पाईलटहरुलाई लापसे चेकजाँच गर्दा १ जना पाईलटको मापसे र लापसे दुवै सेवन गरेको पाईएको उनले उल्लेख गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...