यु–१६ गण्डकी छनौंटको फाइनलमा कास्की र नवलपुर भिड्ने

पोखरा ।पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोली कास्की र नवलपुर भिड्ने भएका छन् । आइतबार भएको गु्रप ‘बी’ तर्फको अन्तिम खेलमा स्याँग्जासंग पराजित भएपनि नेट रन रेटका आधारमा नवलपुरले फाइनलमा स्थान बनाउँदै कास्कीसंगको भिडन्त तय गरेको हो । समुहमा रहेका तीनवटै समुहले एक एक खेल जित्दै समान २ अंक जोडेपनि रनरेटका आधारमा नवलपुर शिर्षस्थान कायम गर्यो । पर्वत दोश्रो तथा स्याङजा तेश्रो स्थानमा रहयो । कास्कीले यसअघिनै ग्रुप ‘ए’बाट फाइनलमा स्थान सुरक्षित पारिसकेको थियो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको नवलपुरले निर्धातर ३५ ओभरको खेलमा ३१.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा स्याङजाले २ बल बाँकि छँदा ६ विकेटको नोक्सानीमा विजयी लक्ष्प प्राप्त गर्यो । स्याङजालाई जित दिलाउन प्लेयर अफ द म्याच किरण गैह्रेले महत्वपूर्ण पारी खेले । ब्याटिङतर्फ १७ बलमा २५ रन जोडेका उनले बलिङतर्फ पनि ५ ओभरको आफ्नों स्पेलमा २९ रन खर्चिएर २ विकेट लिए । त्यस्तै स्याँग्जाका ब्याटरहरु भुवन भट्टराईले ३१ त्था आयुष भट्टराईले १६ रनको योगदान दिए ।

 

नवलपुरको ब्याटिङमा समिर न्यौपानेले ४४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, जितेन्द्र पुनले ३० तथा हिमाल बिकले २३ रनको पारी खेले । स्याँग्जाका बलरहरु प्रकास कँडेलले ३ तथा किरण गैह्रे, आयुष भट्टराई र अभिषेक भट्टराईले समान २ विकेट लिए । तनहुँका शैलेश काफ्लेले ३ विकेट लिएका थिए भने हिमाल विक र सुजन अर्यालले एक एक विकेट बाँडेका थिए । आइतबारको प्रतिस्पर्धामा प्लेयर अफ द म्याच बनेका स्याङजाका किरण गैह्रेलाई आयोजक गण्डकी प्रदेश क्रिकेट संघका उपाध्क्ष प्रकास पौडेलले पुरस्कृत गरेका थिए । प्रतियोगिताको फाइलन खेल सोमबार हुने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...